शमिपुर विद्यालयको बार्षिकउत्सव ,विद्यार्थीलाई साइकल,शिक्षकलाई सम्मान
एसईईमा कालिका नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउदै आएको सुर्यपुर स्थित शमिपुर माध्यमिक विद्यालयको बार्षिकउत्सव आज बुधबार सम्पन्न भएको छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सोमबहादुर खड्काको अध्यक्षतामा भएको थियो । बार्षिकउत्सव समारोहका अवसरमा गत बर्ष एसईईमा चार जिपिए ल्याउने १० जना विद्यार्थीलाई साइकल उपहार प्रदान गरिएको थियो । कालिकाका समाजसेवी रमेशजंग थापा सहित मुरली प्रसाद गजुरेल ,बलराम दहाल लगायतले १० थान साइकल विद्यार्थीलाई दिएका हुन् । सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन भुमिका खेल्ने बिषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । समारोहमा विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।













