The original school building in 1980.
चितवन जिल्लाको सदरमुकाम भरतपु्रबाट पश्चिम महेन्द्र राजमार्गको टाँडी बजार देखि उत्तर तर्फ करिब ७ कि.मि.को दु्रीमा कालिका नगरपालिकाको वडा नं.–१ सुर्यपुर, चितवनको स्थापना वि.स.२०४६ सालमा भएको हो । यसको उत्तरी अक्षांश २७.६७६७३४ त्यस्तै गरि पुर्वी देशान्तर ८४.५१६८५ र यसको समुन्द्रि सतहबाट उचाई २०४ मि. रहेको छ ।
New classrooms added during the 1990s expansion.
यस सेवा क्षेत्र भित्रका अभिभावकहरुको अपार माया, स्नेह, सहयोग र सद्भाव प्राप्त गरेर शैक्षिक सत्र २०४६।०४७ मा सोहि वडाकै शिक्षाप्रेमी अभिभावक, जनप्रतिनिधिहरु, समाजसेवीहरु आदिको विशेष पहलमा समुदायका बालबालिकाहरुलाई उचित तथा गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ती एउटा विद्यालयको आवश्यकता महशुश गरी तत्कालिन वडाध्यक्ष श्री प्रताप सिंह घलानको नेतृत्वमा स्थानीय सुन माया थिङको जग्गामा ५ धुर जग्गा प्राप्त गर्ने आश्वाशनमा एउटा सानो छाप्रो निर्माण गरी श्री रा.प्रा.वि.निउरेनी शक्तिखोर–९ बाट सरुवा भई आउनु भएको शिक्षक श्री नवराज ढकालबाट कक्षा सञ्चालन गरी पठनपाठन सुरु गरिएको हो । पछि स्थानीय समाजसेवी, बुद्धिजिवी व्यक्तित्व श्री प्रेमसागर सुबेदी ज्यूबाट विद्यालयलाई १ कठ्ठा जग्गा उपलब्ध गराउने मन्जुरी भएकाले मिति २०४८।०९।०९ मा यस विद्यालय उक्त जग्गामा सारियो ।
Students receiving awards in 2010.
तत्कालिन गाँउ विकास समितिको उपाध्यक्ष तथा विद्यालय निर्माण समिति अध्यक्ष श्याम प्रसाद घिसिङको नेतृत्वमा जंगलबाट काठ ल्याई टहरो निर्माण गरियो । त्यस बेला सम्म यस विद्यालयमा कक्षा ३ सम्म पढाई हुन्थ्यो । उक्त टहरो निर्माण भएको पछिल्लो बर्ष अर्थात शैक्षिक सत्र २०५०।०५१ मा हाल विद्यालय रहेको स्थानमा स्थानीय अभिभावक, बुद्धिजिवी श्री प्रेमसागर सुबेदी द्धारा प्रदान गरिएको १ कठ्ठा जग्गा विक्री मार्फत रु.१५,०००।– बराबरको १ कठ्ठा १० धुर तथा स्थानीय स्रोतबाट उठेको रु.१५,०००।– बाट १ कठ्ठा १० धर जम्मा गरि रु.३०,०००।– मा ३ कठ्ठा जग्गा खरीद गरि उक्त विद्यालयको नाममा रजिष्ट्रेशन पास गरि त्यँहा आधारभुत, प्राथमिक शिक्षा परियोजनाद्धारा २ वटा ब्लक भवन ४ कोठाको निर्माण गरियो र कक्षा सञ्चालन गरियो । भरतपुर खानेपानी संस्थाले केटा तथा केटीको लागि छट्टाछुट्टै २ कोठे शौचालय पनि निर्माण भयो ।
Modern science lab inaugurated in 2020.
शैक्षिक सत्र २०५१।०५२ मा अर्काे एउटा ब्लक भवन २ कोठाको निर्माण भई कक्षा ५ सञ्चालनमा आयो । साथै आवश्यक फर्निचर समेतको निर्माण कार्य भयो । हाल उहि ३ वटा ब्लक र अर्काे थप २ वटा भवन पदमपुर हस्तान्तरण आयोगद्धारा विद्यालयलाई प्राप्त ३५ कठ्ठा जति क्षेत्रफल भएको ऐलानी अर्काे ग्राउण्डमा निर्माण भई ५ वटा भवनका १७ वटा कोठामा १९ वटा कक्षाहरु सञ्चालन भईरहेका छन् र एक कार्यालय कोठा छ ।
Students receiving awards in 2010.
शिक्षक दरबन्दी संख्या ८, बालबिकास सहयोगी कार्यकर्ता ४ तथा विद्यालय सहयोगी १,संघीय नि.मा.वि. अनुदान १, सरकारी स्रोतबाट नियुक्ती भएका छन् भने निजी स्रोतबाट १७ जना शिक्षक र १ जना आया नियुक्त भएका छन् । हाल २०७५।०२।०२ गतेबाट श्री आधारभुत विद्यालयबाट १ जना बालबिकास शिक्षक सरुवा भई आउनु भएको छ । विद्यालयमा शिक्षक तथा कर्मचारी गरि जम्मा १५ जना कार्यरत छन् ।
Modern science lab inaugurated in 2020.
- कक्षा १ देखि ५ सम्मको संचालन अनुमति २०४६ चैत्र २६ गते प्राप्त भएको थियो।
- कक्षा ६ को संचालन अनुमति २०७३ चैत ३० गते प्राप्त भएको थियो।
- कक्षा ७ को संचालन अनुमति २०७५ भाद्र ७ गते प्राप्त भएको थियो।
- कक्षा ८ को संचालन अनुमति २०७६ जेष्ठ १४ गते प्राप्त भएको थियो।
- कक्षा ९ को संचालन अनुमति २०७९ असोज १ गते प्राप्त भएको थियो।
- कक्षा १० को संचालन अनुमति २०८० श्रावण २६ गते प्राप्त भएको थियो।