Mrs. Radhika Subedi
न्यानो अभिवादन!,
श्री राष्ट्रिय माध्यमिक विद्यालय, समीपुरकाे तर्फबाट समस्त अभिभावकज्यूहरू, समाजसेवी महानुभावहरू तथा शिक्षा प्रेमीहरूप्रति हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु।
विद्यालयमा सञ्चालित ECD (Early Childhood Development) कार्यक्रम अन्तर्गत Nursery, LKG, र UKG तहका साना बालबालिकाहरूकाे समग्र विकासमा केन्द्रित रहेर विविध सिकाइ क्रियाकलापहरू सञ्चालन गरिँदै आएका छन्। Montessori पद्धतिमा आधारित हाम्रो शिक्षण प्रणाली खेल-मैत्री, रमाइलो, र व्यवहारिक सिकाइमा केन्द्रित छ, जसले बालबालिकाहरूको मानसिक, शारीरिक, सामाजिक, र भावनात्मक विकासमा सकारात्मक प्रभाव पार्दछ।
प्रत्येक हप्ता बालमैत्री गतिविधिहरू जस्तै—रंग भर्ने, चित्र बनाउने, गीत गाउने, कविता वाचन, अनुशासन सिकाउने खेल, बाल नृत्य, सरल हस्तकला, समूहमा मिलेर काम गर्ने अभ्यास आदि गराइन्छ। यस्ता क्रियाकलापहरूले बालबालिकाहरूको आत्मविश्वास बढाउनुका साथै सामाजिक व्यवहार र सृजनात्मक क्षमताको विकासमा सहयोग पुर्याउँछन्।
विद्यालयमा सुरक्षित, स्वच्छ र आकर्षक वातावरण, अनुभवी शिक्षक-शिक्षिकाहरू, खेल सामग्री, स्वच्छ पिउने पानी, सफा शौचालय तथा आवश्यक सुविधाहरू उपलब्ध छन्। हामी प्रत्येक बालबालिकालाई माया, समझदारी र प्रेरणाको साथ सिकाउने प्रयासमा निरन्तर लागिरहेका छौँ।
समस्त अभिभावकज्यूहरूको साथ, सल्लाह र विश्वासका लागि हामी सधैं आभारी छौँ।
राधिका सुबेदी
ECD प्रमुख